म्याग्दी। म्याग्दीको बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत तेस्रो खण्ड (रणवाङ–दरवाङ) को निर्माण कार्य अलपत्र परेको छ। रणनीतिक महत्वको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु गरिएको थियो। विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी बिरुवा–क्याराभान र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच २२ करोड…