काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई आम्दानीको स्रोत बनाउने अभियान सुरु गरेको छ। महानगरभित्रका विभिन्न क्षेत्रमा वर्गीकरण गरिएका सुक्खा फोहोर बिक्री गरेर वार्षिक करिब ६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ। महानगरले सञ्चालनमा ल्याएको ‘मटेरियल रिकभरी फ्यासिलिटी’ प्रणालीमार्फत सहरमा संकलित सुक्खा फोहोर छुट्याएर बिक्री गर्ने व्यवस्था गरिएको हो। हाल क्षेत्र नम्बर ७ बाट मात्रै…