अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट व्यवस्था भएका कतिपय योजना वक्तव्यमा छुटेको प्रष्टिकरण दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले सांसदहरुले आफ्नो क्षेत्रमा बजेट परेन भनेर गुनासो गरेको भन्दै रातो कितावमा भएका पनि कतिपय विषय वक्तव्यमा छुटेको बताएका हुन् । उनले भने, ‘कतिपय मान्यहरु हाम्रो त आउँदै आएन आयोजना भन्नु भएको छ…