नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभा तथा निर्वाचनमा वस्तुगत तर्फका सदस्य पदका उम्मेदवार शिवप्रसाद घिमिरेले महासंघको नयाँ नेतृत्वले युद्धस्तरमा काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै व्यवसायी घिमिरेले अहिलेको आर्थिक अवस्था संकटग्रस्त रहेकाले नयाँ नेतृत्वले निजी क्षेत्रको हक हीतका लागि युद्धस्तरको काम गर्न जरुरी रहेको बताएका हुन्…