विभागीय टोली नेपाल पुलिसका क्रिकेट कप्तान अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनी (आईटेल) ले सद्भावना दुत घोषणा गरेको छ । महालक्ष्मी मोबाईल आईटेलले सोमवार एक कार्यक्रमको आयोजना गरेर क्रिकेटर अमितलाई एक वर्षको सम्झौता गरी सद्भावना दुत नियुक्त गरेको हो । आईटेलको तर्फबाट बिजनेश डेभलपमेण्ट हेड राजेश पौडेल र क्रिकेटर अमितबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।…