नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा तीन दिनदेखि रोकिराखेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ। बुलटेको अगाडिको भाग र पांग्रा जलेर नष्ट भए पनि ग्यास भने सुरक्षित छ । आज दिउँसो करिब १२ः५० बजेको समयमा युपी १७ए टी८६२७ नम्बरको बुलेटमा आगलागी भएको हो । भरतपुर महानगरपालिकाको दुई र नेपाली सेनाको एउटा दमकलले आगो निभाइएको हो।…