नेपाल वायुसेवा निगमले काठमाडौं-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ। निगमले शुक्रबारदेखि सुरु गरेको जनाएको छ। नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार सवा पाँच बजे प्रस्थान गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन…