कारोबार हुने साताको पहिलो दिन आइतबार (आज) शेयर बजारमा हरियाली छाएको छ। केही हप्तादेखि निरन्तर ओरालो लागेको बजारमा कहिलेकाहीँ भने सामान्य अंकको वृद्धि देखिन्थ्यो। बजार बढेपनि कारोबार रकम बढ्न सकेको थिएन। गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ४ दशमलव ९४ अंकले बढेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक ९५ दशमलव ४६…