धादिङ उद्योग वाणिज्य संघ धादिङको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन नरोक्न जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गरेको छ। धादिङ उद्योग वाणिज्य संघको अधिवेशन सार्न लागिएको भन्ने हल्ला चलिरहेको बेला बिहीबार जिल्ला अदालत धादिङले अन्तरिम आदेश जारी गर्दै अधिवेशन नरोक्न भनेको हो। धादिङ उद्योग वाणिज्य संघले चैत १० देखि १२ गतेसम्म…