यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३०० ले बढेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहेको छ। साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा…