श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ सय ६० वटा वैदेशिक रोजगार प्रदायक संस्था (म्यान पावर कम्पनी)को वर्गीकरण गर्ने भएको छ। वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वर्गीकरण गर्नका लागि सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरि वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार…