ललितपुरको झरुवारासीस्थित बज्र ईंटा उद्याेगमा हर्क बुढामगर काँचो ईंटा छोपिएको प्लाष्टिक निकाल्दै गरेको अवस्थामा भेटिए। प्लाष्टिक निकालेपछि उनी एकोहोरो हेरिरहे। अनि भने, ‘लौ प्लाष्टिकले छोपे त ईंटा बच्दो रहेछ।’ उनी खुसी भए। बुढामगर पहिलोपल्ट ईंटा बनाउन सिन्धुलीदेखि काठमाडौं झरेका हुन्। यसकारण ईंटा भट्टाको दुःख र खुसी उनी पहिलोपल्ट भोग्दैछन्। तीन महिनाअघि दाजु जंगबहादुरसँग बज्रबाराहीको बज्र…