स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ कात्तिकमा १३औँ वार्षिक साधारणसभा बोलाएको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट शेयर धनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा आह्वान गरेको हो । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ…