सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा.विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले डा.पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्समा विद्यावारिधि गरेका छन् । उनी यसअघि स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा सल्लाहकार थिए । पौडेल काठमाडौं विश्वविद्यालयअन्तर्गतको भिजिटिङ एशोसिएट प्रोफेसरका रूपमा…