पछिल्लो समय बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना विवादले चर्को रूप लिएको छ। सरकारले कालीगण्डकीको पानी डाइभर्सन गरी तिनाउ नदीमा मिसाएर कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालन गर्ने तयारी गरेपछि विवाद बढेको हो। संघीय सरकारले एकलौटी रूपमा प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय नगरी कार्यालय स्थापना गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। यसले लुम्बिनी र गण्डकी प्रदेशबीच…