नेपाल बैंकर्स संघले आफ्नो बैंक खातासँग सम्बन्धित विवरण अपरिचित व्यक्तिलाई नदिन आग्रह गरेको छ। पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिले विवरण मागेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत÷गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो। पछिल्लो समय विभिन्न पुरस्कार दिने तथा कोरोना…