राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ। अबको ६ महिनामा विमानस्थल निर्माणकार्य सम्पन्न हुने बताइएको छ। यही महिनाभित्र निर्माण सम्पन्न हुनु पर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो। गत वर्षसमेत कोरोनाका कारण निर्माणले गति लिन…