नाडा अटोमोवाइल्स एशोसिएसन नेपालले कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ। सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति नाडाले सरकारको ध्यानाकर्षण गराएको हो। ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च…