काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले नगरभित्रका कृषकलाई अनुदानमा मौरीघार वितरण गरेको छ। मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको हो। कृषकलाई एकदिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीघार वितरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख रेशम दाहालले बताए। चालु आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालन गर्ने कृषकमध्ये छनोटमा परेका कृषकलाई नगरपालिकाका प्रमुख प्रशासकीय…