पुनःनिर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधबार गजुर राखिएको छ। नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तिक वाचनसहित बिहान ८ बजेको शुभ साइतमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो। उक्त गजुर ३३० किलोको हो। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ…