काठमाडौँ उपत्यकामा दैनिक १२ करोड २६ लाख लिटर मेलम्चीको पानी वितरण सुरु भएको छ। चैत १५ गतेदेखि परीक्षणका रुपमा मेलम्चीको पानी वितरण सुरु गरिएको थियो। चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट औपचारिक रुपमा पानी वितरणको शुभारम्भ गरेकी थिइन्। शुभारम्भका दिन साढे आठ करोड लिटर पानी वितरण भएको थियो। चैत मसान्तसम्म परीक्षणका रुपमा साढे आठ…