मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानीको हेबी फाखेल सडकखण्डको पुनः मर्मतसम्भार गर्नका लागि एक महिना यातायात सेवा बन्द हुने भएको छ। आज चैत २८ गतेदेखि आगामी वैशाख २८ गतेसम्मका लागि सबै प्रकारका यातायात सेवा बन्द गर्ने निर्णय गरेको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ। सो सडकखण्ड कुलेखानीको हेबीदेखि महालक्ष्मीहुँदै फाखेल र काठमाडौँ जिल्लाको सिमानामा पर्ने…