आन्तरिक पर्यटनको विकास एवं मनोरञ्जनका लागि भक्तपुरको पलासेमा ‘काठमाडौँ फनपार्क’ सञ्चालनमा आउने भएको छ। ११ करोडको लागतमा नयाँ व्यवस्थापन र नयाँ स्वरुपमा ‘काठमाडौँ फन पार्क’ सञ्चालनमा ल्याउन लागेको काठमाडौँ फन भ्यालीका प्रबन्ध निर्देशक सुजन थापाले आज सञ्चारकर्मीलाई जानकारी दिए। डेढ वर्षदेखि बन्द रहेको देशकै पहिलो फनपार्कमा ३० जना स्थानीयलाई प्रत्यक्ष रोजगारी दिँदै नयाँ वर्ष २०७८…