पछिल्लो समय बजारमा दिनप्रतिदिन खाद्यान्नदेखि दैनिक उपभोग्य बस्तुहरुमा महँगी बढ्दै जाँदा नेपालीहरुको भान्सा पनि महँगीदै गएको छ। केही दिन अघिदेखि बजारमा खानेतेलको मूल्य एक्कासी वृद्धि भएको छ। खानेतेलको मूल्य गत कात्तिक महिनादेखि निरन्तररुपमा बढीरहेको छ । अहिले कच्चा पदार्थ आयात, उत्पादन र आपूर्तिमा कुनै पनि असहजता छैन । तर, कच्चा पदार्थ आयात गर्न सहज परिस्थिती…