काठमाडौं ।देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस सेवा शुरु गर्ने भएको छ ।कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्नका लागि देश दर्शन बससेवा प्रालीले कात्तिक १९ गते बुधबारदेखि औपचारिकरुपमा देशका प्रमुख पर्यटकीयस्थलमा दिवा तथा रात्रि पर्यटक बससेवा सञ्चालन गर्न लागेको हो ।प्रालीले काठमाडौँ–पोखरा…