काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ६ महिना लकडाउन तथा ८ महिनादेखि कोरोना भाइरसका कारण मारमा परेका उद्योगी व्यवसायीलाई ऋणको भाका नाघ्यो भनेर कालोसूचीमा राख्ने धम्की नदिन निर्देशन दिएका छन् ।राष्ट्र बैंकले आइतबार आयोजना गरेको वेबिनारमा गर्भनर अधिकारीले कोरोनाले मारमा परेका व्यवसायीलाई कुनै प्रकारको दबाब दिएर हतोत्साहित बनाउने भन्दा पनि राहत प्रदान गर्न आग्रह…