काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।इपिएस प्रणालीमार्फत रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पुर्याउन एनआरएनले जहाज चार्टर गर्न लागेको हो । एनआरएनका अध्यक्ष तथा एनआरएन, कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार प्रवेशाज्ञासहित सम्पूर्ण कागजी प्रक्रिया पूरा…