काठमाडौं ।कोरोना भाइरसको प्रभावले आम मानिसमा सन्त्रास फैलिएको अवस्थामा ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्ने दुई बिक्रेतालाई जनही दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।मङगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले ललितपुरको टीकाभैरवमा रहेका सत्याल एण्ड किराना पसलमा अनुगमन गर्दा पसलले दैनिक उपभोग्य वस्तु तथा ग्यासको कृत्रिम अभाव सिर्जना गरेको भेटिएको…