काठमाडौं ।नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औं साधारणसभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको अध्यक्षतामा बसेको साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ ।त्यस्तै साधारणसभाले आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ…