काठमाडौँ, ८ साउन । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) ले आजदेखि सीधा टेलिफोन सम्पर्क सेवा शुरु गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आज कार्यकालको तीन महिना पुगेका अवसरमा सिधासम्पर्क (हटलाइन) टेलिफोन सेवा १६६००१०००१८ को शुभारम्भ गर्नुभयो । अध्यक्ष राणाले उद्योगी, व्यवसायी र संघका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र…