काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक वृद्धिदर उत्साहप्रद रहेको, शोधनान्तर स्थिति सन्तोषजनक रहेको तथा वित्तीय असन्तुलन क्रमशः घट्दै गएको र अर्थतन्त्रमा सकारात्मक परिवर्तन भइरहेको बताएको छ । आव २०७४÷७५ को मौद्रिक नीति आज यहाँ सार्वजनिक गर्दै केन्द्रीय बैंकले सरकारले निर्धारण गरेको आगामी आवको ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न मौद्रिक उपकरण प्रयोग गरी…