दमौली । यहाँको म्याग्दे गाउँपालिका–३ मा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको छ । स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तुहरुलाई लामो समयसम्म भण्डारण गरी बजारमा उचित मूल्यमा बिक्री गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । चिस्यान केन्द्र निर्माणका लागि गत वर्षको पुस १ मा पासा कन्स्ट्रक्सनसँग रु एक करोड ४७ लाख…