इलाम । सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । नगरपालिकाको १८औँ नगर सभाको तेस्रो बैठकले चिया उत्पादनसम्बन्धी पुरानो मापदण्ड संशोधन गर्दै उक्त व्यवस्था हटाउने निर्णय गरेको हो । यसअघि ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ अनुसार उद्योगले किसानलाई प्रतिकिलो न्यूनतम रु ४० दिनुपर्ने र केवल ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने…