नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यमिक विद्यालय दैलेखमा अध्यनरत छिन्। कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई घरमा बस्दा दिक्क लाग्थ्यो। न त पढ्न मन लाग्थ्यो। न अरु कुनै काम गर्न। मन अशान्त हुने, निन्द्रा गड्बडीलगायत धेरै समस्या हुन्थ्यो। कोरोना संक्रमण दर कम भएसँगै विद्यालय जान पाउँदा उनी अहिले खुसी छिन्। पहिले घरबाट बाहिर…