काडमाडौं । चर्चित हाँस्य कलाकारद्धय मनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्यङ्ग्यको नाममा आफूहरुले कुनै धर्म प्रचार नगरेको बताएका छन् । महजोडी नामले चर्चित कलाकारद्धयले सामाजिक सञ्जालमा आफूले धर्मप्रचार गरेको भन्ने सूचनामा कुनै सत्यता नभएकोले त्यस्मा भ्रममा नपर्न भन्दै खण्डन गरेका छन् । केही दिन यता सामाजिक सञ्जालहरुमा महजोडीले युएसएडको पैसा लिएर धर्म प्रचार गरको भन्ने…