गायक सत्यराज आचार्यले ‘संसार जित्ने राजा...’ बोलको गीत सार्वजनिक गरेका छन्। हालै मात्र बजारमा उपलब्ध साे गीतकाे भिडियोमा उनका छोरा संगीतराज आचार्यले अभिनय गरेका छन्। बाल कलाकारको भूमिकामा संगीतराज भिडियोमा देखिएका हुन्। भिडियोकाे निर्देशन सत्यराज आचार्य स्वयंले गरेका छन् । भिडियाेमा उनीहरुलाई बुवा र छोराको भूमिकामा देख्न सकिन्छ। आमाको भूमिकामा भने मलिना ठकुरी रहेकी छिन्।…