नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तीन दिनसम्म सञ्चालन भएको आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलनले नौ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौँमा सम्पन्न भएको तीन दिने सम्मेलन वैज्ञानिक स्वास्थ्य अनुसन्धान र प्रमाण सङ्कलनको कार्यमार्फत नीति तर्जुमा कार्यलाई सहज बनाउन सङ्घीय संरचनामा क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको छ। सम्मेलनले स्वास्थ्य क्षेत्रलाई अनुसन्धान, शिक्षण संस्था र…