नुवाकोट।नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा बसेको बैठकले नुवाकोट तथा छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न…