सुर्खेत ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै आजदेखि सुर्खेतमा यसको परीक्षण शुरु हुने भएको छ । वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला आजदेखि सञ्चालनमा आउने भएको हो ।प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले कर्णालीका सबै जिल्लाबाट कोरोना आशङ्कित बिरामीको नमूना सङ्कलन गरी यहाँबाटै परीक्षण गरिने बताए।…