बाजुरा ।जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार मृत्यु भएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।घरका पाँच जना बिरामी परेका मध्ये कडराको मृत्यु भएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी…