नेपालमा अर्थतन्त्र धराशायीको अवस्थामा पुगेको छ । दिनप्रतिदिन परनिर्भरता बढ्दो छ । अर्थतन्त्रका अधिकांश सूचकहरु नकारात्मक छन् । विदेशी मुद्राको सञ्चिती खस्कदो छ । स्वदेशी उद्योगलाई कस्दै विदेशी उत्पादनलाई प्रोत्साहन दिने गरी सरकार नीति नियम बनाउँदैछ । सरकारको पछिल्लो नीति, अर्थतन्त्रको वर्तमान अवस्था र अर्थतन्त्र सुधारका लागि समाधानका उपायबारे हामीले उद्योगी शिवरतन सारडासँग कुराकानी गरेका…