स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान हुने दिन नजिकिँदैछ। वैशाख ३० गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरमा गएर आफ्नो पक्षमा मत मागिरहेका छन् । पाँचदलीय सत्ता गठबन्धनको एकातिर चुनावी तालमेल छ भने अर्कोतिर प्रतिपक्षी नेकपा एमाले एक्लै गठबन्धनका विरुद्ध चुनाव लड्दैछ। २०७४ सालको निर्वाचनमा ४० प्रतिशतभन्दा बढी मतका साथ पहिलो दल बनेको एमालेलाई यो…