काठमाडौं, ११ भदौ ।मदन पुरस्कार गुठीले विसं २०७३ को मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार विजेताको घोषणा गरेको छ ।गुठीको आज बसेको साधारणसभा बैठकले विसं २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्य काव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्य सचिव दीपक अर्यालले जानकारी दिए ।यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई…