काठमाडौँ । सरकारले शासकीय सुधारअन्तर्गत सय बुँदे कार्यसूची सार्वजनिक गर्दै सात दिनभित्र “संविधान संशोधन बहस पत्र” तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त कार्यसूची पारित गरेको हो। सो कार्यसूचीअनुसार देशको दीर्घकालीन राजनीतिक तथा संस्थागत सुधार, निर्वाचन प्रणाली लगायतका विषयमा संविधान संशोधनसम्बन्धी मुद्दाहरूमा राष्ट्रिय सहमति निर्माण गर्ने उद्देश्य राखिएको छ।…