धादिङ। जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै संघ र प्रदेश सरकारलाई स्थानीय तहको संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न कडा चेतावनी दिएका छन् । नीलकण्ठ नगरपालिकाको नेतृत्वमा बसेको प्रमुख–उपप्रमुखहरूको बैठकले संविधान २०७२ अनुसार स्थानीय तहले पाएको एकल अधिकार स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनुपर्नेमा जोड दिएको छ । त्यस्ता अधिकारमा अवरोध हुने गतिविधिप्रति गम्भीर…