डोटी। डोटीको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयका अनुसार खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र खड्काले १३ हजार २७० मत…