भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल पार्टीको महामन्त्रीमा गरेको दाबीबाट पछि हटेका छन् । पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिन आफूले उम्मेदवारी नदिने उनले बताएका हुन् । सामाजिक सञ्जालमार्फत शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा खनालले पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई थप सशक्त बनाउने उद्देश्यका साथ…