काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएको मतभेदलाई थाती राख्दै एकता र सद्भाव कायम राख्न सार्वजनिक अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि बसेको बैठकले आगामी निर्वाचनलाई ध्यानमा राख्दै पार्टीलाई एकताबद्ध बनाउन जोड दिएको हो। नयाँ बानेश्वरमा आज बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसे…