बागमती। मकवानपुरको मनहरी गाउँपालिकाले आजदेखि करदाता सेवा सञ्चालनमा ल्याएको छ। संघीय नीतिअनुसार करसम्बन्धी सेवा स्थानीय तहबाटै दिने व्यवस्था लागू भएपछि गाउँपालिकाले सेवा सुरु गरेको हो। तालिमप्राप्त कर्मचारी, आवश्यक प्रविधि र उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालन गरिएको छ। अब पालिकाबाटै प्यान दर्ता, प्यान रुपान्तरण, आयकर दर्ता लगायतका सेवा लिन सकिनेछ। अन्तःशुल्क इजाजतसम्बन्धी कागजात सङ्कलन र प्रारम्भिक…