काठमाडौं। नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल आज भृकुटीमण्डपस्थित मतदानस्थल पुगेका छन्। मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको भए पनि प्राविधिक कारणले मतदान सुरुमा ढिलाइ हुने सम्भावना रहेको एमाले प्रचारविभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्। उनका अनुसार मतदान सुरु करिब चार बजे हुन सक्नेछ। महाधिवेशन प्रतिनिधि, नेताराष्ट्रकर्मी र कार्यकर्ताहरू मतदानस्थलमा पुगेका छन्।…